२०८३ साउन १२ , मंगलबार
ताजा अपडेट:

भारतमा रेलबाट खसेर दैलेखका एक युवाकाे निधन



भारत
२०५३असार २० –
भारतमा रोजगारीका लागि गएका दैलेखका एक नेपाली युवाको रेलबाट खसेर दुःखद निधन भएको छ।

निधन हुनेमा दैलेख जिल्लाको दुल्लु नगरपालिका–७, माथिल्लो रोकाबाडा निवासी जिन्तु सार्की र खजुरा सार्कीका छोरा रेशम सार्की रहेकाे जानकारी राज राेकायाले जानकारी दिएका छन ।

राेकायाका अनुसार रेशम भारतको गुजरात राज्यस्थित जामनगरमा होटलमा कार्यरत थिए। बिदाको अवसरमा घुम्न गएका उनी फर्किने क्रममा भरूच रेलवे स्टेशनमा रेलबाट खस्दा घटनास्थलमै उनको मृत्यु भएको याे ।

हाल मृतक रेशम सार्कीको शव नेपाल ल्याउने प्रक्रिया सम्बन्धित निकाय तथा परिवारको समन्वयमा अघि बढिरहेको राेकायाले जनाइएको छ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार