२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

स्व पिताको सम्झनामा जन्म दिनको उपहार पलाँता अस्पताललाई 42 लाखको भवन हस्तान्तरण



 

कालिकोट, साउन ४

पलाँता गाउँपालिकाका प्रथम अध्यक्ष तथा समाजसेवी लक्ष्मण बहादुर बमले आफ्नो जन्मदिनको अवसरमा पलाँता अस्पताललाई ४२ लाख रुपैयाँको  भवन हस्तान्तरण गर्नु भएकाे छ ।

बमले आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त घोषणा गर्दै आफ्नो जन्मदाता मातापिता प्रति नमन व्यक्त गर्दै स्वर्गिय पिता ऐवान बमको सम्झनामा निर्माण गरिएको उक्त भवन अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको युवा नेता बमले बताउनु भएकाे छ ।

आफ्नो व्यक्तिगत लगानीमा निर्माण गरिएको भवन आफ्नो समुदायप्रतिको प्रेम र जिम्मेवारीको भाव भएको नेता बमले उल्लेख गरेका गर्नु भएकाे छ । आफूलाई जिताउने १५ सय मतदाता मात्र नभई सम्पूर्ण ८ हजार मतदाता र १९ हजार जनसंख्याको प्रतिनिधित्व गरेको र सधैँ उनीहरुकै पक्षमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएकाेफछ ।

आलोचना र अपमानबाट आफू विचलित नहुने बताउँदै बमले पलाँता सरकार र वडा नम्बर ९ का जनताको आर्थिक भार कम गर्न उक्त भवन निर्माण गरेको जानकारी दिनु भएकाे छ । अब यो भवन पलाँता अस्पतालको भएको र यसको प्रयोग अन्य विकास कार्यमा पारदर्शी ढंगले हुनेमा बमले विश्वास व्यक्त गर्नु भएकाे छ ।

बमले आफूलाई साथ, विश्वास र प्रेरणा दिने घरपरिवार, मित्रवर्ग र शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै स्वर्गिय पिताको आत्माको चिरशान्तिको कामना गरेका गर्दै बमलाई जन्मदिनको अवसरमा कालिकोटका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले शुभकामना सहित धन्यवाद समेत दिएका छन्।

उनीहरुले बमको समाजप्रतिको योगदानको प्रशंसा गर्दै अन्य नेताहरुले पनि उनको सिको गर्नुपर्ने बताएका छन्। बमले गरेको यो कार्य कालिकोटका लागि एक उदाहरणीय कदम भएको स्थानीय बासिन्दाहरुले बताएका छन्।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार