२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

नेपाललाई हिन्दुराष्ट्र बनाउन भारतकाे दबाब उच्चस्तरीय नेताहरु सँग पूर्पराजा ज्ञानेन्द्र शाहकाे भेटवार्ता



काठमाडौं

२२ पुष
नेपाल हिन्दुराष्ट्र कायम गर्ने गरि संशाेधन गर्न भारतले नेपाललाई दबाब दिरहेकाे बेला पूर्वराजा ज्ञानेन्द्र शाहले भारतका उच्च स्तरिए नेताहरु सँग भेटघाट गरेका छन ।

पूर्वराजा शाहकाे भेटघाटले नेपालको राजनीति तरंगित बनेकाे छ ।

पश्चिमी तराइको भ्रमणमा गएकाे बेला अचानक पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजिल डोभाल र मोदीका विश्वासपात्र तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका हुन्।

यी दुवै पात्रहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्तै निकट र विश्वासिला मानिन्छन्।

पहिले भारतको गुप्तचर एजेन्सी इन्टेलिजेन्स ब्युरोको प्रमुख डोभाल विगत १० वर्षदेखि राष्ट्रिय सुरक्षा सल्लाहकार छन्। उनलाई प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री भएपछि २०१४ मा सुरक्षा सल्लाहकार बनाएका थिए र उनलाई अझैसम्म पनि सोही पदमा कायम राखेका छन्।

प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार