देपेन्द्र ब. शाही
काठमाडौं
आज मंगलबार बिहान तिब्बतको दिङ्गे काउन्टि केन्द्रबिन्दु बनाएरगएकाे भकम्पमा परि ३६ जनाकाे ज्यान गएकाे चिनियाँ संचार माध्याम सीजीटिएनले जनाएकाे छ ।
चिनकाे समय अनुसार बिहान ९ बजेर ५ मिनेटमा गएकाे थियाे ।चिनकाे डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू भत्किनुकाे साथै धेरै घरहरुचिरा परेकाे पिपल्स डेलीको समाचारमा उल्लेख छ ।
सरकारी कर्मचारी र उद्धारकर्मिहरु भूकम्प प्रभावित क्षेत्रमा पुगि उद्धरकार्य सुरु भैरहेकाे चिनियाँ सञ्चार माध्यामहरुले समाचारमा उल्लेख गरेका छन ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको जानकारी दिएका छन ।
प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्