प्रतिमा शाही
३० जेठ, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो समय विद्युतको अनियमित आपूर्ति र भोल्टेजको समस्याले सर्वसाधारण नागरिकहरू मारमा परेका छन्।
दिनहुँ छिनछिनमा विद्युत आउने जाने तथा कम भोल्टेजका कारण घरमा प्रयोग हुने विद्युतीय सामग्रीहरू बिग्रिन थालेका छन्। यसले दैनिक कामकाजमा समेत बाधा पुगेको स्थानीय बासिन्दाहरूको गुनासो गरेका छन।
विद्युतको भोल्टेज कम हुँदा सुर्खेतका साना तथा घरेलु उद्योगहरू पनि नराम्ररी प्रभावित भएका छन्। प्रयाप्त भोल्टेज नहुँदा कलकारखाना सञ्चालनमा कठिनाइ भएको सुर्खेत गार्मेन्टका सञ्चालक व्यवसायी लाेकेन्द्र बहादुर शाहीले बताएका छन्।
उहाँले भन्नुभयो, ‘भाेल्टज कम भएकै कारणले काम ठप्प भएकाे छ । बैंककाे ऋण निकालेर व्यावसायिक सुरु गरियो, तर अहिले विद्युतका कारणले व्यवसाय चल्न नसक्दा बैंकको किस्ता तिर्न गाह्रो भएको छ ।’
आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने मनसायले लाखौं ऋण निकालेर व्यावसाय सुरु गरियाे तर राजनितीक कारणले गर्दा म जस्तै धेरैले युवाको देशमा गरिखाने बाताबरण छैन । अब त याे व्यवसाय छाडेर बिदेश तिरै जाउकि भन्ने साेच समेत आउने गरेको शाहीले बताउनुभयो ।
स्थानीय उपभोक्ताहरूले यस समस्याको समाधानका लागि प्रदेश सरकार र सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि ठोस पहल नभएको गुनासो गरेका छन्। उनीहरूले प्रदेश सरकार यस विषयमा मौन बसेको आरोप लगाएका छन्।










प्रतिक्रिया दिनुहोस्