कालिकोट
प्रगतिशील लोकतान्त्रिक पार्टीले कालिकोट जिल्ला बाट दसर्गुम र पिछडिएको क्षेत्र बाट समानुपातिक उम्मेदवारका रूपमा चन्द्र बहादुर शाही क पहाडलाई सिफारिस गरेकाे छ ।
पार्टी स्रोतका अनुसार शाहीको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो। १० वर्षे जनयुद्धका क्रममा सैन्य मोर्चाको अग्रपंक्तिमा रहेर लडेका शाही घाइते तथा सहिद सन्तति परिवारको रूपमा परिचित छन्। युद्धकालीन योगदान र सामाजिक सक्रियताका कारण उनलाई पार्टीले महत्त्वपूर्ण उम्मेदवारका रूपमा अघि सारेको बताइएको छ।
शाहीले जनताको अधिकार, घाइते तथा सहिद परिवारको न्याय, र कर्णाली क्षेत्रको समग्र विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै निर्वाचनमा जाने बताएका छन्। पार्टीले समेत कर्णालीका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउन शाहीको उम्मेदवारी निर्णायक हुने विश्वास पार्टीले गरेकाे छ ।
प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्