२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

कथासङ्ग्रह ‘अर्थहीन बलिदान’ माथि परिचर्चा सम्पन्न



 

काठमाडौं, २०८२ साउन २५ –
अशाेक

लोमश वाङ्मय प्रतिष्ठानले आफ्नो एघारौं शृङ्खलाअन्तर्गत लेखक महेन्द्र चालिसेको कथासङ्ग्रह ‘अर्थहीन बलिदान’ माथि परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ।

प्रारम्भ वर्ल्ड स्कुलको सभा हलमा आयोजित यस कार्यक्रममा साहित्यकारहरूले कृतिको गहन समीक्षा गर्दै यसको विषयवस्तु, लेखनशैली र समाजमा पार्ने प्रभावका बारेमा आ-आफ्ना विचार व्यक्त गरे। उनीहरूले कथासङ्ग्रहका विभिन्न पक्षमाथि प्रकाश पार्दै यसको साहित्यिक महत्त्वबारे चर्चा गरिएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्राध्यापक डा. ऋषि राम शर्मा, कृतिकार महेन्द्र चालिसे, डा. धन प्रसाद सुवेदी, रमेश खनाल, राजु सिटौला र तेज प्रकाश श्रेष्ठजस्ता व्यक्तित्वहरू लगाएत शुस्मिता कडेलकाे उपस्थिति रहेकाे थियो।

प्रमुख अतिथि प्रा.डा. शर्माले साहित्यको कुनै पनि विधाले समाज र राजनीतिमा व्यङ्ग्य गर्न सक्नुपर्ने र परिवर्तनका लागि प्रहार गर्न सक्नुपर्ने विचार व्यक्त गरे।
परिचर्चाका अतिरिक्त, कार्यक्रममा उपस्थित स्रष्टाहरूले कथा, कविता र गजल वाचन गरेर साहित्यिक वातावरणलाई थप जीवन्त बनाएका थिए।

यस्ता कार्यक्रमले साहित्यप्रतिको रुचि बढाउनुका साथै नयाँ लेखकहरूलाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।
लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधवप्रसाद (अटल )घिमिरेको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमले नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार