काठमाडौं, २०८२ असार ३१
जीवनमा गन्तव्यविहीन पाहिलाहरु, अस्तित्वहीन निर्णय, र उपेक्षाको पीडा भोगिरहेका एक व्यक्तिले आफूलाई “जियुँदै मरेको” भनी परिभाषित गरेका छन्।
सागर नाम गरेका ती व्यक्तिले आफ्नो शारीरिक अस्तित्व हुँदाहुँदै पनि आफू नबाँचेको र आफ्नो उपस्थितिलाई कसैले वास्ता नगरेको गुनासो गरेका छन्।
“मेरो कदमको कुनै गन्तव्य छैन, मेरो ज्ञानको कुनै सम्मान छैन, मेरो निर्णयको कुनै अस्तित्व छैन,” उनले पीडा व्यक्त गरे। उनको उपस्थितिमा कसैको ध्यान नभएको र उनी हुनु वा नहुनुले कसैलाई फरक नपरेको उनको भनाइ छ।
“शरीर जीवित हुँदा पनि बाँचेको छैन,” सागरले आफ्नो गहिरो मानसिक र भावनात्मक वेदनालाई स्पष्ट पारे। उनले आफ्नो नामको विशेष अर्थ रहेको र त्यसैले आफ्नो नाम सागर राखेको बताएका छन्। यसबाट उनको भित्री छटपटी र जीवनको अर्थ खोज्ने प्रयास झल्कन्छ।
सागरको यो भनाइले समाजमा बढ्दो बेराेजगार र असन्तुष्टि देशकाे राजनितक अवस्थाले गर्दा युवाहरु मानसिक स्वास्थ्य समस्या र एक्लोपनको अवस्थालाई चित्रण गर्दछ।
तसर्थ सरकारले नेपालमा नै राेजगारि सिर्जना गरि युवाहरुलाई राेजगारि दिन सकेकाेभय युवाहरु विदेश पलायन , र बेराेजगारिले गर्दा कुलतमा फस्ने ,आर्थिक प्रलोभनमा गलत कामहरु गर्ने तर्फ अग्रसर हुने थियन्न हाेला ।
एक सामान्य दलित परिवारमा जन्मिएका सागर, १३ वर्षको कलिलो उमेरमा महान जनयुद्धको रापमा होमिए। युद्ध किन सुरु भएको थियो, यसको उद्देश्य के थियो भन्ने स्पष्ट ज्ञान नभए पनि, सागरको बाल मन विद्रोहको ज्वालामा आकर्षित भयो।
बन्दुक बोकेका दाजुभाइ र दिदीबहिनीहरूको लस्कर देख्दा उनलाई पनि त्यहीँ कतै आफ्नो भविष्य लुकेको जस्तो लाग्यो। कापी कलम समाउने उमेरमा उनी बन्दुक बाेक्न पुगे।
समय बित्दै गयो, सागर पनि हुर्किंदै गए। जनयुद्धका घटनाहरू, नेताहरूका भाषणहरू र सहिदहरूको बलिदानका कथाहरू सुन्दै जाँदा उनले बिस्तारै जनयुद्धको महत्व बुझ्न थाले।
गरिबी, जातीय विभेद र सामाजिक अन्यायले थिचिएका जनताको मुक्तिका लागि गरिएको संघर्ष रहेछ यो। आफूले गरेको त्याग र बलिदान साँच्चै देश र जनताकै लागि थियो भन्ने महसुस हुँदा उनको मन गर्वले भरियो।
सुरुवातमा लहैलहैमा लागे पनि, जनयुद्धको गहिराइ बुझ्दै गएपछि सागरको प्रतिबद्धता झन् बलियो हुँदै गयो। मध्यम दलित परिवारमा जन्मिएका उनले १२ कक्षासम्म मात्रै औपचारिक शिक्षा हासिल गरे। तर जीवनको कठोर भोगाइ र जनयुद्धको अनुभवले उनलाई धेरै कुरा सिकायो। उनले देखेका दुःख, पीडा र असमानताहरूले उनको मनमा गहिरो छाप छोडेकाे छ।
त्यसैले त, १२ वर्षको उमेरदेखि सुरु भएको क्रान्ति प्रतिको आस्था र उनको निष्ठा आजसम्म पनि अविचलित छ।
क्रान्ति सहज थिएन। अनगिन्ती जोखिमहरु लगाएत घुम्ती ,माेडहरुका जाेखिम मोल्नु पर्यो, भोक र प्याससँग लड्नु पर्यो, प्रिय साथीहरूलाई गुमाउनु पर्यो।
तर हरेक चुनौतीले सागरको संकल्पलाई थप मजबुत बनायो। उनी सधैँ क्रान्तिको सिद्धान्तमा अडिग रहे। देशमा परिवर्तन ल्याउन, आम नागरिकको जीवनस्तर सुधार गर्न र सामाजिक न्याय स्थापना गर्नुपर्छ भन्ने उनको दृढ विश्वास कतै डगमगाएन।
आज, धेरै वर्षपछि फर्केर हेर्दा सागरले आफ्नो जीवन सार्थक भएको महसुस गर्छन्। सानो उमेरमा नादानीपूर्वक सुरु गरेको यात्राले उनलाई एक परिपक्व र जुझारु क्रान्तिकारी बनाएको छ।
उनको कथा ती सबै मानिसहरूका लागि प्रेरणाको स्रोत हो, जो आफ्नो आदर्श र सिद्धान्तमा अडिग रहँदै समाज परिवर्तनको लागि निरन्तर संघर्ष गरिरहन्छन्।
सागरको जीवन एक उदाहरण हो कि दृढ इच्छाशक्ति र अटुट निष्ठा भएमा सामान्य मानिसले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।
उनी आज पनि त्यही जोश र जाँगरका साथ क्रान्तिको मार्गमा हिँडिरहेका छन्, एउटा सुन्दर र न्यायपूर्ण समाजवादको सपना बोकेर निरन्तर क्रन्तिकाे सिद्धान्तमा लागि रहेका छन ।
कहिलेकाहीँ सोच्छु, ती दिनहरू कस्ता थिए! एउटै लक्ष्य, एउटै सपना बोकेर हिँडेका हामी जनयुद्धको त्यो कठिन समयमा काँधमा काँध मिलाएर मेचि, महाकाली देखि भेरि कर्णालीका विभिन्न जिल्लाहरुमा लडेका थियौं।
मृत्युलाई हत्केलामा लिएर परिवर्तनको झण्डा फहराउन निस्केका थियौं। तर आज.. जब ती सहयात्रीहरू सत्ताको कुर्सीमा विराजमान छन्, तब लाग्छ कि त्यो हिजोको त्याग र बलिदान सबै व्यर्थ गयो। सत्ताको चमकधमकमा उनीहरूले हामीलाई बिर्सिए, म जस्तै हजारौंले आफ्नो जीवन दाउमा लगाएका थियौं।
उनीहरूका लागि सत्ता केवल एक विलासिताको वस्तु बनेको छ, जहाँ हामीजस्ता हजारौं योद्धाहरू नारकीय जीवन बिताउन बाध्य छौं।
हरेक बिहान जब उठ्छु, एउटा प्रश्न मनमा उठ्छ – के यही सपना देखेका थियौं हामीले? के यही परिवर्तनका लागि बन्दुक उठाएका थियौं?
यसकाे उत्तर मैले अहिले सम्म पाउन सकेकाे छैन ।
जब म बिगतला सम्झन्छु तबआँखा बाट आँसु आउँछ , छाति भक्कानिएर आउँछ , सायद इतिहासले हामीलाई बिर्सिदिएला, तर हाम्रो मनमा त्यो बलिदानको घाउ सधैं छातिमा चहराइ रहने छ ।
तर ती सत्तामा पुगेका साथीहरूलाई कहिल्यै थाहा हुनेछैन कि उनीहरूले हजारौं याेद्धा लगाएत नेपाली जनताकाे विश्वास र भरोसालाई चकनाचूर पारेका छन्।
भन्नर लेख्न मन थियाे साँझ र बिहानकाे गासकाे निम्ति जाेहाे गर्नु पनि पर्छ दुई छाक गासकाे निम्ति जाेहाे गरिएन भने बालबच्चाहरु भाेक र राेगलेछटपटिने चिन्ता सहित
बर्तमान परिस्थिति याे दाबी गर्नु हुन्छ कि
अहंकारवादले सार्वभौमसत्ता संग घृणा गर्दछ,यसले मानवजातिलाई मानवसंग अलगाउछ,अहंकारवादि का निम्ति आफ्नो व्याक्तित्व र त्यसको महत्त्व बाहेक अरु सबै कुरा तुच्छ हुन्छन् ।
उसले आफ्नो वरिपरि यस्तो कुर्सित परिवेश लिएर घुमेको हुन्छ । त्यसबाट सुर्यका किरण हरु पनि प्रवेश गर्छन् भनेपनि तिनिहरु वाङगा हुन्छन।
हो यही प्रविधि नेपाली जनताको लागि सबैभन्दा ठुलो रोग हो । यसको बिरुद्ध मा जमेर संघर्ष गर्नु र यो परिवेशलाई नेपाली बिशेषताको समाजवाद मा लिनु आजको आवश्यकता हुन आउछ । याे उहाकाे निष्कर्ष रहेकाे छ ।
अभिवादन सहित
तपाईंको शाथि जनक क.सागर











प्रतिक्रिया दिनुहोस्