अशाेक
कालिकोट —
जिल्लाको रास्कोट नगरपालिका वडा नं. १ मा भिरबाट लडेर एक जना युवाको ज्यान गएको छ। अन्दाजी २० वर्षीय दिपक बमको बाख्रा फर्काउने क्रममा चिप्लिएर भिर बाट खस्दा घटनास्थलमै मृत्यु भएको थियाे।
स्थानीयका अनुसार बाख्राका पाठा फर्काउने क्रममा चिप्लिएर करिब ५०० मिटर तल भिरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रम शाहीले जानकारी दिएका छन्। मृतक दिपक बम, रज बहादुर बमका जेठा छोरा हुन्।
दिपक घर नजिकैको वन क्षेत्रमा बाख्रा चराउन गएका थिए। घटनापछि स्थानीय युवाहरूको सहयोगमा शवलाई स्टेचरमार्फत घरसम्म ल्याइएको थियाे ।
प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार










प्रतिक्रिया दिनुहोस्