२०८३ असोज ८ गते
भारत ।
भारतको झारखण्डस्थित जमशेदपुरमा बिहीबार बिहान करिब ३ बजे भएको भीषण सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटना सोनारी क्षेत्रको मरीन ड्राइभ रोडमा भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यात्रु बोकेको कार सडक किनारमा रोकिराखिएको ट्रकसँग ठोक्किएको थियो। दुर्घटनाको प्रभाव निकै ठूलो भएकाले कारमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
मृत्यु हुनेमध्ये झारखण्डकी ग्रामीण विकासमन्त्री दीपिका पाण्डे सिंहकी छोरी तृषा सिंह पनि रहेको समाचारमा उल्लेख छ। अन्य मृतकहरूमा सार्थक अग्रवाल, नमन गुप्ता र वंशिका खण्डेलवाल रहेका छन्।
दुर्घटनापछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको खबरपछि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलगायतले मृतकप्रति दुःख व्यक्त गरेका छन्। दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।










प्रतिक्रिया दिनुहोस्