२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत १ लाख घुससहित पक्राउ परेका छन्।



अशाेक शाही

दैलेख

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

गाउँपालिकामा सडक स्तरोन्नति र निर्माण कार्यको अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई नियन्त्रणमा लिएको हो। आयोगका अनुसार असोज २ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकमा रहेको एक खाजा पसलबाट उनलाई पक्राउ गरिएको थियो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार