धनगढी ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी बैतडीको मेलौली नगरपालिका क्षेत्रमा दुर्घटनामा परेको छ।
बिहीबार साँझ करिब ५:१५ बजेतिर मेलौली नगरपालिका–२ सलेनामा महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मन्त्री सवार गाडी एकआपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट सलेनाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्