अशाेक शाही
काठमाडौं —
सरकारले भोलिदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहज अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिएका छन्। उनका अनुसार इन्धनको खपत घटाउने उद्देश्यले यो कदम चालिएको हो।
प्रवक्ता पोखरेलले भोलि (चैत २३ गते) देखि लागू हुने गरी निर्णय कार्यान्वयनमा आउने स्पष्ट पारे। यस निर्णयसँगै अब देशभरका सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन बिदा हुने भएका छन।
सरकारले यो व्यवस्था अस्थायी रूपमा लागू गरिएको संकेत दिएको छ। पेट्रोलियम आपूर्ति सहज भएपछि पुनः समीक्षा गरिने जनाइएको छ।
यस निर्णयले कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको दैनिक जीवनमा केही परिवर्तन ल्याउने अपेक्षा गरिएको छ भने इन्धन व्यवस्थापनमा राहत पुग्ने विश्वास सरकारले लिएको छ।










प्रतिक्रिया दिनुहोस्