२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

भगवती माई देउडा समूहको भव्य उद्घाटन, देउडा संरक्षणमा नयाँ पहल



सुर्खेत, वीरेन्द्रनगर —
कर्णालीको मौलिक सांस्कृतिक पहिचान बोकेको देउडा खेलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भगवती माई देउडा समूहको भव्य रूपमा उद्घाटन गरिएको छ।
कर्णाली लोकसंस्कृति जागरण मञ्चअन्तर्गत गठन गरिएको उक्त समूहले देउडा संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामाझ यसको महत्व फैलाउने लक्ष्य राखेको छ। समूहकी अध्यक्ष इसरा बिकले देउडा परम्परालाई जीवित राख्न सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्।
कार्यक्रममा विभिन्न देउडा कलाकार तथा सांस्कृतिक अभियन्ताहरूको सहभागिता रहेको थियो।
स्थानीयस्तरमा देउडा खेलको संरक्षणका लागि संस्था गठन हुनु सकारात्मक कदम मानिएको छ।
सरोकारवालाहरूका अनुसार, यस्ता पहलले परम्परागत संस्कृतिको निरन्तरता र पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न स्थानहरूमा नियमित रूपमा देउडा खेलिँदै आएको छ। देउडा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले देउडा पार्खिहरुले संस्था नै गठन गरी लेउडा खेल संरक्षण गर्ने अभियानमा लागि रहेका छन ।
देउडा संरक्षणमा सक्रिय अभियन्ता तथा संस्थाका अध्यक्ष बलिराम देवकोटाका अनुसार, “पुर्खौंदेखि चलिआएको यो देउडा खेल समयमै संरक्षण गर्न नसके लोप हुने जोखिममा छ। त्यसैले प्रदेश सरकारले पनि यसको जगेर्नातर्फ ध्यान दिन आवश्यक रहेकाे बताउनु भएकाे छ ।
यसैक्रममा कर्णाली लोकसंस्कृति जागरण मञ्चअन्तर्गत भगवती माई देउडा समूह गठन गरि आज बाट वीरेन्द्रनगर वडा न १ मा हरेक महिनाकाे २० गते भगवती माईकाे मन्दिरकाे गउण्डमा देउडा खेल हुने उक्त समूहकी अध्यक्ष इसरा बिकले जानकारि दिनु भएकाे थियाे ।
देउडा खेलाउडा तथा संरक्षणमा सक्रिय व्यक्तिहरूमा सुनसरा शाही, राम बहादुर रावत, खकेन्द्र भण्डारी, भविन्द्र शाही, भीम प्रसाद अधिकारी, यमला जैशी, जानकी रावल, कलाकार महेन्द्र बिंक, हेमराज अधिकारी र उदय बहादुर बस्नेत लगायतका देउडा पारखिहरु उपस्थित लगाएत देउडा हेर्ने र देउडा खेल्ने खेलाउडाहरुकाे बाक्लाे उपस्थित रहेकाे थियाे ।

देउडा खेल विशेषगरी महिला तथा पुरुषहरू समूह बनाएर हात समात्दै गोलो घेरामा नाच्ने र दोहोरी शैलीमा गीत भनाभन गर्ने जसमा माया प्रेम धर्म संस्कृति ,राजनीति माैलिक परम्परा हो।
यसमा वाद्ययन्त्रको प्रयोग नगरी स्वर र तालको माध्यमबाट प्रस्तुत गरिने भएकाले यसको मौलिकता अझ प्रष्ट देखिन्छ।

हाल विभिन्न सांस्कृतिक कार्यक्रम, देउडा महोत्सव तथा विशेषगरी गौरा पर्व, विवाह र गाउँका उत्सवहरूमा देउडा खेल्ने चलन बढ्दो छ। सामाजिक सञ्जालमा देउडा सम्बन्धी भिडियोहरू भाइरल हुन थालेपछि यसको लोकप्रियता झन् बढ्दै गएकाे देख्न सकिन्छ ।

तर, आधुनिक जीवनशैली र पाश्चात्य संस्कृतिको प्रभावका कारण यस्ता परम्परागत संस्कृतिहरू हराउने जोखिम अझै कायम रहेको सांस्कृतिक विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार, युवापुस्ताले आफ्ना मौलिक संस्कृति बुझ्ने र संरक्षण गर्ने जिम्मेवारी लिनु आवश्यक रहेकाे देउडा खेलाउडा सुनसरा शाहीले बताउनु भयकाे थियाे ।

देउडा खेल केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकता, सांस्कृतिक पहिचान र मौखिक परम्पराको संरक्षण गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ।
यसको दिगो संरक्षणका लागि स्थानीय तह, सांस्कृतिक संस्था र युवाहरूको सक्रिय भूमिका मात्रै नभै सरोकार वालाहरूले जोड दिन आवश्यकता रहेकाे खेलाउडा राम बहादुर रावतकाे जिकिर रहेकाे थियाे ।
देउडा खेल उद्घाटन कार्यक्रमको सञ्चालन नर बहादुर बिकले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार