सुर्खेत
स्ववियु र विश्वविद्यालय :-
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थी हक–हितमा आवाज उठाउने साझा दबु हो । स्ववियु निर्वाचनलाई जित र हारको रुपमा मात्र लिने प्रवृत्ति मौलाइरहेको छ । निर्वाचनलाई राजनीतिक रुपमा शिक्षित र सचेत गराउने मञ्चको रुपमा विकास गर्नुपथ्र्याे । तर, संसद्वादी दलका विद्यार्थी सङ्गठनका कारण त्यसो हुन सकिरहेको छैन । सिद्धान्तहिन विद्यार्थी संगठनको कारण विविध समस्याहरू विश्वविद्यालय र पाज्ञिक क्षेत्रले भोग्दै छ । बडो विडम्बनाका साथ भन्नुपर्छ; वर्तमान समयमा हाम्रा विश्वविद्यालयको शैक्षिक पद्धति र गुणस्तर निकै कमजोर छ ।
देशभर हाल मान्यताप्राप्त १७ वटा विश्वविद्यालय छन् । नामले मात्रै विश्वविद्यालय कलिएका कतिपय शैक्षिक संस्थाहरुको आफ्नो भवन छैन, आवश्यक पुर्वाधार छैन, प्रयाप्त विद्यार्थी छैनन्, समग्रमा धेरै विश्वविद्यालयको अवस्था निकै दयनीय छ । अझ बढी अस्तब्यस्त र उजाड छन्, सु-परिचित विश्वविद्यालयका केन्द्रिय क्याम्पसहरु । भौतिक पूर्वाधारको कमि, कर्मचारी र प्राध्यापकमा दलीय भागबन्डा, प्रयोगशालाको कमि, शैक्षिक सामाग्रीको कमि लगायत थुप्रै कमीकमजोरीका कारण शैक्षिक गुणस्तर तहसनहस छ । वि.सं. २०१६ सालमा स्थापना भएको देशको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय र वि.सं. २०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन हुँदै आइरहेको छ ।
नेक्राविसंघ र विद्यार्थी नेतृत्व :-
नेपाल क्रान्तिकारी विद्यार्थी संघ नेपाल मजदुर किसान पार्टीको भातृ संगठन हो । नेपाल–भारतको सिमा कति ठाउँमा नदी पनि छुट्टाएको छ । वि.सं. १९०१, २०१० र २०३६ सालको बाढीले गर्दा नदिले नेपालतर्फ आफ्नो धार परिवर्तन ग¥यो । जसले सुस्ताको भुमी नारायणी नदी पारी पर्न गयो । परिवर्तित धारलाई भारतले सिमाना नदि यहि भएको तर्क गरि बलमिच्याई पूर्वक वि.सं. २०२५ सालमा नवलपरासी जिल्लाको साबिकको सुस्ता गाविसको १०,०१९ वर्ग कि.मि क्षेत्र भारतले आफ्नो दाबी ग¥यो । त्यसको विरोध गर्दै वि.सं. २०२६ सालमा नेपाल क्रान्तिकारी संघको स्थापना भएको हो ।
नेक्राविसंघ देशभक्त एवम् कामदार वर्गका छोराछोरीको साझा संगठन हो । नेक्राविसंघले आफ्नो स्थापनाकालदेखि नै देशको सार्वभौमिकता रक्षा तथा विद्यार्थीका हक–हितका लागि संघर्ष गर्दै आइरहेको छ । विद्यार्थी संगठनको पहिलो मुद्दा शिक्षासँग सम्बन्धित हुन्छ । त्यो शिक्षा राजनितिक, नैतिक, सामाजिक, आर्थिक सबै किसिमको हुने शिक्षा चेतनाको सम्वाहक हो । चेतनाले नै श्रमजीवी वर्गलाई आफ्नो कर्तव्यप्रति सचेत र अधिकारप्रति जागरुक बनाउछ । त्यसैले शिक्षाजस्तो संवेदनशिल विषय आम नेपाली जनताको पहुचमा हुनुपर्छ । त्यसका लागि शिक्षालाई अनिवार्य र निःशुल्क गर्न नेक्राविसंघ संघर्षरत छ ।
नेक्राविसंघले स्ववियुलाई विद्यार्थीमाझ राजनीतिक रुपले सचेत र संगठित बनाउने उदेश्यका साथ क्रान्तिकारी उपयोग गर्दै आइरहेको छ । नेपालको संविधान २०७२ अनुसार माध्यमिक तहसम्म निःशुल्क हुनुपर्ने हो । तर, शासक दल र बिकाउ विद्यार्थी संगठनका कारण शिक्षा ऐन संविधानमा सिमित भएको नेक्राविसंघको बुझाइ छ । माध्यमिक तहसम्म निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्छ । शिक्षा खोजमुलक र तथ्यमा आधारित हुनुपर्छ । शिक्षा सीपमुलक र जीवन उपयोगी हुनुपर्छ । अत; उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षा नै आजको आवश्यकता भएकोले नेपाली विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचनमा नेक्राविसंघले आफ्नो आवाज बुलन्द गर्दै आइरहेको छ ।
सिद्धान्तहिन एकता र दलिय भागबन्डामा लिप्त संसदवादी दलहरुका विद्यार्थी संगठनले मातृपार्टिको सिको गरेकाले शिक्षामा नवउदारवादले प्रवेश पाएको हो । शिक्षामा नवउदारवादको प्रभावले शैक्षिक दलालहरुको आगमन भयो । शिक्षालाई नाफा कमाउने ब्यापार बनाईयो । शैक्षिक माफियाहरुको चलखेलले निर्धारित शैक्षिक संस्थाहरु धरासायी भए । सरकारी शैक्षिक तह निजीकरण गरियो । सरकारी शैक्षिक संस्थाहरु बन्द भए । निजी शैक्षिक संस्थामा शिक्षा दिनानुदिन महँगो हुदै गयो । फलतः शैक्षिक गुणस्तर घट्दो र खर्च बढ्दो क्रममा छ । उदाहरणको लागि शिक्षामा नवउदारवादको प्रभावका कारण प्रविणता प्रमाणपत्र तह खारेज भयो । सेमेस्टर प्रणाली थोपर्नु, पुस्तकमा कर लगाउनु पनि यसको अर्को शिलशिला हो । स्ववियु निर्वाचनमा विद्यार्थीमाझ यस्तै महत्वपूर्ण विषयमा छलफल र अन्तरक्रिया चलाउनु अपरिहार्य रहेकोले यसलाई नेक्राविसंघ आफ्नो जिम्मेवारी ठान्दछ ।
विश्वविद्यालयमा निषेधको राजनीति गर्न नहुने नेपाल क्रान्तिकारी विद्यार्थी संघको सन्देश :-
विश्वविद्यालय एक प्राज्ञिक थलो हो । यसले सचेत र राजनितिक रुपमा संस्कारयुक्त जनशक्ति उत्पादन गर्दछ । तर, त्यही प्राज्ञिक थलोमा निषेधको राजनीति हुन्छ भने कसरी सह्य हुनसक्छ !?! हो यस्ता अनुचित कार्य नेक्राविसंघलाई कदापी सह्य हुदैन । निषेधको राजनीति कहिकतै हुन्छ भने नेक्राविसंघ त्यसको खुलेर विरोध, भत्सर्ना एवम् निन्दा गर्दछ र सिर्जनात्मक शैलीमा संघर्षका कार्यक्रमलाई अघि बढाउछ ।
मध्यपश्चिम विश्वविद्यालयमा गरिवका छोराछोरीले स्ववियु लड्न नसक्ने स्थिति थियो । स्ववियु निर्वाचनमा उम्मेदवारी दिन चाहनेले सभापति, सचीव–कोषाध्यक्ष र सदस्यको क्रमशः २,०००, १०००÷१००० र ५०० रुपैयाँ मनोनयन शुल्क तोकेर आर्थिक रुपमा निशेधको राजनिती गरिराखेको थियो । नेक्राविसंघले निर्वाचन समितिसँग ’समितिले निर्वाचनमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई पुरस्कार दिने हो ?’ भन्ने प्रश्न राख्दै उम्मेदवारी मनोनयन शुल्क लिन नहुने तर्क राखेर संघर्ष ग¥यो । परिणामस्वरूप सभापति, सचीव–कोषाध्यक्ष र सदस्यको क्रमशः १००, ५०÷५० र २५ रुपैयाँमा उम्मेदवारी मनोनयन गर्ने ब्यवस्था ग¥यो ।
मध्यपश्चिम विश्वविद्यालयमा छात्राको संख्या ६५ प्रतिशतभन्दा धेरै छ । स्ववियु निर्वाचनमा छात्रा उम्मेदवारको प्रतिनिधित्व शुन्यप्राय जस्तो देखिन्छ एकाध विद्यार्थी संगठनले मुस्किलले १ जना सदस्य उम्मेदवार उठाएपनि धेरैको हकमा छात्रा उम्मेदवारको संख्या शुन्य छ । तर गर्वका साथ भन्नुपर्छ; नेक्राविसंघको हकमा सतप्रतिशत छात्रा उम्मेदवार छन । यो निर्वाचनमा नेक्राविसंघले छात्रा पनि छात्र बराबर योग्य छन् भन्ने कुराको प्रत्याभूति गराउन सबै उम्मेदवार छात्रा उठाएको हो । नेपाल क्रान्तिकारी विद्यार्थी संघले अस्मिता सुनारलाई अध्यक्ष, सर्मिला कुमारी वि.क.लाई सचीव र रमा कुमारी गिरि कोषाध्यक्ष पदमा उम्मेदवार उठाएको हो । त्यस्तै समानुपातिक सदस्यमा जानकी थापा र बिन्दा सुनारलाई उठाएको हो ।
विद्यार्थी नेता कि दलका दास ! :-
विद्यार्थी आन्दोलनको मूल उद्देश्य शिक्षामा क्रमिक रुपमा सुधार गर्न, शैक्षिक अवसर सिर्जना गर्न, सृजनशील नेतृत्व निर्माण गर्न, उत्पादन श्रमसँग जोडिएको शिक्षा कार्यान्वयन गर्नुपर्नेमा जोड दिन लगायत विद्यार्थीका हकहितका निम्ति काम गर्नुपर्ने हो । तर आफ्ना दलका नेता भनाउदालाई खुसी पार्न अराजनीतिक, अशिष्ट र बेतुकको तर्क गर्ने, झैझगडा गर्ने, भौतिक पुर्वाधारमा क्षति पु¥याउने, विपक्षी विद्यार्थी नेतालाई धम्क्याउने, भौतिक आक्रमण गर्ने, अराजक बन्ने, जेल जाने–निस्किने अनि संघर्षशिल नेता कहलिने, दोसल्ला र टिकाको राजनिती गर्ने क्रम दिनप्रतिदिन बढ्दो छ । दुःखका साथ भन्नुपर्छ; यस्तै संस्कार र सिकाइको सिकार भएको छ आजको पुस्ता र राजनीति ।
शासक दलका विद्यार्थी नेता भनिएकाहरुमा सृजनशीलता छैन, दीर्घकालीन उदेश्य छैन, आत्मनिर्भरता र आर्थिक स्वाभिमान छैन, धैर्यता नामको जिनिस छैन, आत्मालोचनाको चिन्तन छैन, निश्वार्थ भावनाले काम गर्ने संस्कार छैन, पठन संस्कृति छैन, सिक्ने सिकाउने आकाङ्क्षा छैन, विद्यार्थी नेता बन्नका लागि विद्यार्थी बन्ने बाहेक विद्यार्थीमा हुनुपर्ने गुण छैन भने विद्यार्थी नेता हुनु र नहुनुको केही अर्थ छैन । शासक दलका नेताहरूमा राजनितिक संस्कार नहुनुले तिनको पछि लाग्ने नयाँ पुस्ताहरुमा राजनितिक शिक्षाको कमि भएको प्रष्ट रुपमा देख्न सकिन्छ ।
निर्वाचन हुन नदिनु एक नजिर :-
त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयो । केही क्यान्पसमा निर्वाचन हुन सकिरहेको छैन । निर्वाचन हुन नसकेको आङ्गिक क्याम्पसहरुमध्य एक हो सुर्खेत बहुमुखी क्याम्पस । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन निर्देशिका २०८१ को निर्देशिकामा प्रष्ट उल्लेख छ । उम्मेदवारी दर्ता समय चैत २७ गते ११ः०० बजेदेखि २ः०० बजेसम्म । तर अनेरास्ववियुको घरझगडा र घमण्डका कारण २ः०० बजेसम्म उम्मेदवारी दिन सकेन । नेक्राविसंघले निर्देशिकालाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने भन्दै निर्वाचन समितिलाई बारम्बार ध्यानाकर्षण गराएको थियो । तर अखिल क्रान्तिकारीका साथीहरूले २ः०० बजेपछि निर्देशिका विपरीत जान नमिल्ने भन्दै झ्याल ढोलामा तोडफोड गरेपछि निर्वाचन प्रक्रिया अघि बढ्न सकेन । अनेरास्ववियुबाट सभापतिको दाबेदार एक प्रभावशाली विद्यार्थीले सभापतिको टिकट नपाएपछि स्वतन्त्रबाट उठे । त्यसपछि अनेरास्ववियु निर्वाचन हार्ने डरले चैत २८ गते उम्मेदवारी मनोनयन प्रक्रिया सुरुबाट गर्नुपर्ने सर्त राखी क्याम्पसको भौतिक संरचनामा तोडफोड र निर्वाचन समितिलाई गालिगलौज ग¥यो ।
रजिस्ट्रारको कार्यालयबाट केन्द्रिय निर्वाचन समितिको निर्देशन पत्रमा निर्वाचन रोकिएको अवस्था र प्रक्रियाबाट सहमति जुटाई निर्वाचनलाई अघि बढाउने र सहमति नभए कारण उल्लेख गरि परिपत्र गर्न भनिएको थियो । तर विडम्बनाका साथ भन्नुपर्छ; निर्वाचन नगर्ने र अनेरास्ववियुलाई बचाउ गर्ने मनस्थितिका साथ (क्याम्पस चिफ एमालेको क्याडेट भएको र निर्वाचन समिती क्याम्पस चिफको इसारामा चल्ने भएकोले) विद्यार्थी संगठनहरुमाझ सहमति जुट्न नसकेको कारण बताइयो र परिपत्र सार्वजनिक गरिएन । नेक्राविसंघ लगायत थप ८ विद्यार्थी संगठन र स्वतन्त्र उम्मेदवारले स्ववियु निर्वाचन गराउनुपर्नेमा जोड दिएपनि अनेरास्ववियु, निर्वाचन समिती र क्याम्पस प्रमुखको लिडेढिपिका कारण निर्वाचन हुन सकेको छैन ।
✍️ सुदुर-कर्णाली बोल्दछ ।










प्रतिक्रिया दिनुहोस्