कालिकोट,
कािकाेटकाे रास्काेट नगरपालिका २ स्थित मोतिराम माध्यमिक विद्यालयमा ८ कोठे नयाँ भवन निर्माणकाे कार्य आजबाट सुरु भएको छ।
रास्कोट नगरपालिका र राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम को संयुक्त साझेदारीमा उक्त भवनकाे निर्माण कार्य अगाडि बढाइएको हो।
शैक्षिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यले सुरु गरिएको यस परियोजनाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई थप सहज र प्रभावकारी हुनुकाे साथै कक्षाकोठाको अभाव हट्ने र गुणस्तरीय शिक्षा प्रवाहमा टेवा पुग्ने नगर प्रमुख धर्मराज शाहीले बताउनु भएकाे छ ।
नगरपालिकाका अनुसार, निर्माण कार्य तोकिएको समयसीमा भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै, निर्माण कार्यको गुणस्तरमा समेत विशेष ध्यान दिइने जनाइएको छ।
प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार










प्रतिक्रिया दिनुहोस्