२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

आफ्नो राजनीति सुदृढ गर्न रविकाे बलि SEE मा ४ जिपिए ल्याएकि देवयानी गाैतमकाे स्टाटसले सामाजिक सञ्जाल तात्याे



आफ्नो राजनीति सुदृढ गर्न रविकाे बलि SEE मा ४ जिपिए ल्याएकि देवयानी गाैतमकाे स्टाटसले सामाजिक संजाल तात्याे

काठमाडौं, असार १८ –

हालै सम्पन्न भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ GPA ल्याउन सफल भएकी देवयानी गौतमले रवि लामिछानेको समर्थनमा आफ्नो धारणा सार्वजनिक गरेकी छन्।
उनले सामाजिक सञ्जालमा एक लामो पोस्ट लेख्दै राज्य संयन्त्र रवि लामिछानेविरुद्ध लागेको र यो अन्यायविरुद्ध बोल्ने समय आएको बताएकी छन्।
गौतमले आफ्नो पोस्टमा लेखेकी छन्, “नँया उदाउँदो वैकल्पिक शक्ति एवम् स्वतन्त्र उमेद्वारलाई विभिन्न कानुनी झमेलामा फसाएर आफ्नो राजनीति सुदृढ गर्ने अभिप्रायका साथ सरकार चलाइरहेका नेतृत्वबाट जनताको समस्याको सम्बोधन हुन्छ भनेर सोच्नु फगत मुर्खताको दृष्टान्त हो।” उनले जवाफदेहिता र पारदर्शितालाई कुल्चिएर प्रतिशोधमूलक राजनीति गर्ने नेतृत्वबाट आम सर्वहारा वर्गले दुःख मात्र पाउने दाबी गरेकी छन्।
उनले रवि लामिछानेले परिवर्तनको सपना देखाउनु र निराश समाजलाई आशाको किरण देखाउनु उनको व्यक्तिगत जीवनका लागि भूल भएको बताइन्।

“मृत्युसँग पनि नडराएर सङ्घर्षको मैदानमा उत्रिएका रवि लामिछाने विरुद्ध जस्तोसुकै कडा चुनौति लिएर खडा भए पनि त्यस्को सामना गर्न उनी तयार भएको यो अवस्थामा जनताले पनि उनलाई साथ दिनुपर्छ,” उनले लेखेकी छन्।
देवयानीले अझै पनि दलगत आस्थामा मात्रै अडिग रहने हो भने देशले नराम्रोसँग पतनको सामना गर्ने चेतावनी दिएकी छन्। उनले नेतृत्वसँग पारिवारिक वा मित्रवत सम्बन्धका कारण उनीहरूको कामको समीक्षा गर्न नछाड्न आग्रह गरेकी छन्।
अन्त्यमा उनले लेखेकी छन्, “त्यसैले अब समीक्षा गर्ने समय आएको छ । रवि लामिछाने विरुद्ध राज्य संयन्त्र लागेर भएको अन्याय विरुद्ध बोल्ने समय आए‌को छ। उनी दोषी होलान् नहोलान् त्यो बेग्लै विषय हो तर उनी माथि प्रतिशोध सत प्रतिशत भएको छ। यस्तो राज्य आतङ्‌क विरुद्ध जनता सचेत हुन जरूरी छ।”
देवयानी गौतमको यो पोस्टले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ। कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले फरक मत पनि राखेका छन्।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार