२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

फलफूल राेप्न मधेस झरे विप्लव



 

काठमाडौँ –

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी मद्येश झरेका छन् । विहिबार मद्येश प्रदेश कमिटीको उत्पादन उद्घाटनका लागि विप्लव वर्दीवास पुगेका छन् ।

बर्दिवास नगरपालिका ८, कृष्णपुरमा रहेको मधेस उत्पादन केन्द्रमा शुक्रबार विप्लव सीले आँप, लिच्ची, कागती लगायत फल–फूलहरू रोख्ने कार्यको शुभारम्भ गर्ने बताइएको छ । शुक्रबार मधेसको उत्पादन कार्यको नेतृत्व गरेपश्चात विश्ववले मधेसका अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्नेछन् ।

मधेसको २ दिने बसाईमा बिप्लवले मधेसका सहिद परिवार र बुद्धिजीवि हरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मधेस प्रदेश कार्यालय सचिवसमेत रहेका पार्टी केन्द्रीय सदस्य पवन सीले बताएका छन् ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार