अशाेक
फागुन, सुर्खेत ।
कालिकोटबाट लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेन्द्रबहादुर शाहीले यसपटक पनि शानदार जित हासिल गरेका छन्। चुनावअघि धेरैले उनको जितप्रति शंका व्यक्त गरेका थिए।
यसको मुख्य कारण उनका पुराना सहकर्मी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लामो समयपछि संसदीय निर्वाचनमा होमिनु थियो। करिब १८ वर्षपछि प्रत्यक्ष निर्वाचनमा उत्रिएका प्रकाण्डलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको थियो। साथै विपक्षीहरूले “पटक–पटक चुनाव जित्दा कालिकोटले के पायो ?” भन्ने प्रश्न उठाउँदै शाहीमाथि दबाब सिर्जना गरेका थिए।
तर ती सबै चुनौतीका बीच शाहीले जनताको विश्वास कायम राख्दै शानदार विजय हात पारेका छन्।
उनले कुल ११ हजार ३३८ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रमुख प्रतिस्पर्धी मानिएका प्रकाण्ड भने ४ हजार ५९९ मत ल्याएर चौथो स्थानमा सीमित भएका छन्।










प्रतिक्रिया दिनुहोस्