२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

माछा मार्ने क्रममा करेन्ट लागेर मोरङमा दम्पतीको मृत्यु



असार ३१

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा आज बिहान माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया लिम्बू रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, लिम्बू दम्पती मदेली खोलाको पुलमुनि माछा मार्न गएका थिए। पूर्णबहादुर लिम्बूले खोलामा माछा मार्नका लागि नजिकैको बिजुलीको पोलबाट सिधै तार जोडेर करेन्ट प्रवाह गरेका थिए। सोही क्रममा विद्युत प्रवाह हुँदा करेन्ट लागेर घटनास्थलमै दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मृतक दुवै जनाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी चुँडालले जानकारी दिइन्। खोलामा अवैध रुपमा करेन्ट प्रवाह गरी माछा मार्ने कार्य जोखिमपूर्ण हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार