अशाेक शाही
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालिकोट निर्वाचन क्षेत्रबाट एकल रूपमा सिफारिस गरिएको छ।
पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार पार्टीको जिल्ला तथा केन्द्रीय तहको छलफलपछि प्रचण्डको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो। उनले कालिकोटबाट एकल सिफारिस हुनु पार्टीभित्रको एकता र सहमतिलाई प्रतिबिम्बित गर्ने बताए।
यसअघि प्रचण्डको नाम महोत्तरी–३, सिन्धुली–२ र कास्की–३ लगायतका विभिन्न निर्वाचन क्षेत्रबाट पनि प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परिसकेको थियो। यद्यपि पछिल्लो निर्णयअनुसार कालिकोटबाट एकल सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ।
आगामी निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोट प्रक्रियामा जुटिरहेका छन्। प्रचण्डको कालिकोटबाटको सिफारिसले कर्णाली प्रदेशको राजनीतिक गतिविधिमा थप चासो बढाएको छ।










प्रतिक्रिया दिनुहोस्