समाचार सारांश
- उनीहरूलाई क्रमशः ५००० र ४००० नगद पुरस्कार प्रदान गरिएको थियो।
- नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने नगर प्रमुख शाहीले बताउनु भयाे ।
- "शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,"
रास्कोट, असार २० गते –
“समृद्ध रास्कोट सबैको इच्छा, एकमात्र विकल्प गुणस्तरीय शिक्षा” भन्ने मूल नारालाई आत्मसात गर्दै रास्कोट नगरपालिकाले शैक्षिक सत्र २०८१ मा आधारभूत तहको कक्षा ५ र कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगरपालिकाले सम्मान गरेको छ।
एक विशेष कार्यक्रमका बीच नगर प्रमुख धर्मराज शाही ,उप प्रमुख मनिराज बराल , प्रमुख प्रशासकिय अधिकुत जवान सिंह बमले विद्यार्थीहरूलाई शैक्षिक सामग्री, झोला, कापी, स्कुल पोशाक, सम्मान पत्र र नगद पुरस्कार प्रदान गर्नु भएकाे थियाे ।
कक्षा ८ मा प्रथम स्थान हासिल गर्ने मालिका आधारभूत विद्यालय कोलिगाउका छात्र आशिस न्यौपानेले ३.७६ GPA र द्वितीय स्थान प्राप्त गर्ने पिङलादेवी आधारभूत विद्यालय तलकोटका छात्रा पुष्पा बरालले ३.७४ GPA प्राप्त गरेका छन्।

त्यसैगरी कक्षा ५ मा बडीमालिका माध्यमिक विद्यालयका छात्र रिजन न्यौपाने ३.६७ GPA सहित प्रथम र पञ्च आधारभूत विद्यालय तोलीकी छात्रा सपना शाही ३.२१ GPA सहित द्वितीय भएकी छन्। उनीहरूलाई क्रमशः ५००० र ४००० नगद पुरस्कार प्रदान गरिएको थियो।
यसै अवसरमा रास्कोट नगरपालिकाले आर्थिक रूपले कमजोर भएका ४६ जना बालबालिकालाई पनि शैक्षिक सहायता प्रदान गरेको छ। उनीहरूलाई विद्यालय पोशाक, झोला, कापी, डटपेन लगायतका शैक्षिक सामग्रीहरू उपलब्ध गराइएको छ।
नगरपालिकाको यो कदमले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकाहरूको सिकाइ सुनिश्चित गर्न र उनीहरूलाई शिक्षामा निरन्तरता दिन मद्दत पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुखले सबै पुरस्कृत तथा सहयोग प्राप्त विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको शैक्षिक प्रगतिको कामना गरेका थिए। साथै, आवश्यकतामा आधारित यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई उनले हार्दिक धन्यवाद व्यक्त गरे।
“शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने।
नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने नगर प्रमुख शाहीले बताउनु भयाे ।
याे कार्यले रास्कोट नगरपालिकाको शिक्षाको गुणस्तर वृद्धि गर्न र सबै बालबालिकालाई समान अवसर प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया दिनुहोस्