२०८३ भदौ १८ , बिहीबार
ताजा अपडेट:

यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु, १० घाइते



२३ श्रावण २०८३, शनिबार

भारतको हिमाचल प्रदेशमा यात्रुवाहक निजी बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार चम्बा जिल्लाको दुर्गम पहाडी क्षेत्रमा यात्रुवाहक बस सडकबाट चिप्लिएर दुर्घटनामा परेको हो। दुर्घटनाका समयमा बसमा चालकसहित १८ जना सवार रहेको बताइएको छ।

दुर्घटनास्थल हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरतर्फ रहेको जनाइएको छ। दुर्घटना के कारणले भयो भन्नेबारे अहिलेसम्म यकिन हुन सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

यसैबीच, हिमाचल प्रदेशमा लगातार भइरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। राज्यका विभिन्न क्षेत्रमा गरी १८५ वटा सडक अवरुद्ध भएका छन्।

राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार गत जुन ३० मा मनसुन सुरु भएयता हिमाचल प्रदेशमा वर्षाजन्य विपद् र सडक दुर्घटनामा परी १४३ जनाको मृत्यु भइसकेको छ। जसमध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा र ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार