< Skip to content
२०८१ मंसिर ६ बिहीबार
२०८१ मंसिर ६ बिहीबार

एमाले नगरकमिटिले जनप्रतिनिधि जिम्मेवार नबनेको सरकारी छाप र लेटरप्याडकाे दुरुपयोग गरेको भन्दै विज्ञप्ति निकाल्यो

कार्तिक २९ , अछाम

एमाले पंञ्चदेवल विनायक नगरकमिटि अछामले जनप्रतिनिधि जिम्मेवार नबनेको कर्मचारीले सरकारी छाप र लेटरप्याडकाे दुरुपयोग गरेको भन्दै विज्ञप्ति निकालेकाे छ ।
पंञ्चदेवल विनायक नगरपालिकामा ५ महिना देखि अघाेषितरुपमा तालाबन्दी गरिएको यतिलामाे समय नगरपालिकामा तालाबन्दी हुँदा यस नगरपालिका जनप्रतिनिधि मेयर अम्बिका चलाउने र उपमेयर हर्कबहादुर रावल जिम्मेवार नभएको आराेप एमाले नगरकमिटिले लगाएको छ ।

कार्तिक २५ गते यस नगरपालिका कर्मचारीले नगरपालिकाकाे छाप र लेटरप्याडकाे दुरुपयोग गरेको नगरकमिटि अध्यक्ष गाेरख रावलकाे हस्ताक्षरित विज्ञप्तिमा आराेप लगाएको छ । कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयाेग २०४८ मा सरकारी कार्यालयकाे छाप र लेटरप्याडकाे दुरुपयोग गर्न नपाइने व्यवस्था रहेको छ ।
यो दफाको बुँदा (क) मा आफ्नो अधिकार भित्रको काम गर्न इन्कार गरेको वा आफ्नो अधिकार नभएको कुनै काम गरेको र बुँदा नं. (घ) मा आफ्नो तहबिजी अधिकार बदनियत साथ वा स्वेच्छाचारी रुपमा प्रयोग गरेको लाई अनुचित कार्य भनेर परिभाषित गरेको छ ।

यो अनुसार कर्मचारीले नगरपालिका प्रमुखलाई ज्यान मार्ने धम्की र नगरपालिकामा काम गर्ने वातावरण नभएको भनी नगरपालिकाकाे छाप र लेटरप्याड प्रयोग गरि निकालेकाे विज्ञप्तिमा सरकारी छाप र लेटरप्याडकाे दुरुपयोग गरिएको पाइन्छ । कर्मचारीले स्वतन्त्र रुपमा सेवाग्राही प्रति जिम्मेवार भए र काम गर्नुपर्ने हाे तर त्यो यहाँ देखिएन जनप्रतिनिधिकाे व्यातिगत स्वार्थ राजनीतिक दलको दलगत स्वार्थले यो नगरपालिका का नागरिक मारमा परेका छन । यो नगरपालिकामा यहिका स्थानीय पदम माझी प्रशासनिक प्रमुख भएर आए देखि सुरुभएकाे जनप्रतिनिधि र प्रमुखको लडाइँले ५ महिना वित्याे ।

कार्तिक १३ गते नयाँ प्रशासनिक प्रमुखको रुपमा नवराज वली १ दिन मात्रै हाजिर भए । आज सम्म वली नगरपालिकामा हाजिर भए र काम गरेको छैनन । नागरिकले स्थानीय सरकार बाट पाउने सेवा सुबिधा पाएको छैन कर्मचारीले पारिश्रमिक तलव भत्ता पाएको छैनन् नगरपालिकाकाे काम कारबाही राेकीएकाे छ यसकाे जिमा कस्ले लिने हाे जनप्रतिनिधि जिम्मेवार विहीन जस्तो प्रतिपक्षय राजनीतिक दल आराेप प्रति आराेमा रुमलिएकाे जस्तो देखिन्छ । जनप्रतिनिधि र राजनीतिक दल सराेकारवाला निकाय नागरिक र नगरपालिका प्रति जिम्मेवार नभई निकास नहुने विज्ञप्ति मात्रै निकाल्नुले पुष्टि गर्छ ।

एमाले नगरकमिटिकाे विज्ञप्ति यस प्रकार छ ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।