काठमाडौं,
असार ४ –
लोकप्रिय गायिका रचना रिमाल आजदेखि सुरु भएको ब्याचलर (बिए) तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी छन्।
केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएकी रिमालले स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि परीक्षामा सहभागी भएर आफ्नो अध्ययनलाई निरन्तरता दिने अठोट देखाएकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै भनेकी छन्, “बिए तेस्रो वर्षको वार्षिक परीक्षा आजबाट सुरु भएको छ। स्वास्थ्यको समस्याले सोचेजस्तो तयारी पूरा गर्न नसके पनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु।”
निकै छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी रचना रिमालले आफ्नो गायन करियरसँगै अध्ययनलाई पनि अगाडि बढाइरहेकी छन्। स्वास्थ्यमा समस्या देखिए पनि उनले परीक्षामा सहभागी हुने निर्णयलाई धेरैले सकारात्मक रुपमा लिएका छन्।

उनका शुभचिन्तक तथा प्रशंसकहरुले सामाजिक सञ्जालमार्फत उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै परीक्षाको लागि शुभकामना व्यक्त गरिरहेका छन्।










प्रतिक्रिया दिनुहोस्