भारत
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–६, माल्कोट राईटामा जन्मिनुभएका अभिराज विश्वकर्माको पहिलो देउडा कोसेली ‘बाल्यकाल’ सार्वजनिक गरिएको छ।
बुवा खम्मे बिक र आमा झुप्री बिकको कोखबाट पहिलो सन्तानका रूपमा जन्मिनुभएका अभिराजको यो गीतले बाल्यकालको माया र सम्झनालाई भावुक ढंगले प्रस्तुत गरेको छ।
गीतमा अभिराज विश्वकर्मा र लक्ष्मी नेपालीको सुमधुर स्वर रहेको छ भने शब्द कबिराज शाइलाले लेख्नुभएको हो। संगीत जीवन ठनालको रहेको यस देउडा गीतले ग्रामीण जीवन र बाल्यकालका अनुभूतिलाई मार्मिक रूपमा उजागर गरेको छ।
गीतको छायांकन भारतको मुम्बई नजिकै पनबेल क्षेत्रमा गरिएको हो। निर्देशन सुशान्त निर्दोषले गर्नुभएको छ भने क्यामेराको जिम्मेवारी बिरु नेपालीले सम्हाल्नुभएको छ। भिडियोमा नव–मोडेल दीपक नायक र प्रिया जैगडीको अभिनय देख्न सकिन्छ।
‘बाल्यकाल’ गीत कबिराज शाइला अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। बाल्यकालको न्यानो माया र भावनालाई समेटिएको यो गीत एकपटक अवश्य हेर्नु हाेला ।










प्रतिक्रिया दिनुहोस्