२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

समाजवादको लागि सामनाको सांस्कृतिक अभियान: जनयुद्धकाे लडाइँको झल्काे दिने प्रस्तुतिले दर्शकलाई बनायो भाबुक



 

बैशाख २२
वीरेन्द्रनगर, सुर्खेत ।

समाजवादी विचारधारालाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यसहित सामना सांस्कृतिक परिवारले वीरेन्द्रनगरमा आयोजना गरेको सांगीतिक कार्यक्रममा जनभावनालाई छोएका देशभक्त गीत र परम्परागत तामाङ सेलेा ,थारु नाच टप्पा नाचले दर्शकलाई भावुक रमाइलो गरायो

देशभक्तहरु लाई समान गर्छु बाट सुरु भएको कार्यक्रमको प्रमुख आकर्षणमध्ये एक ‘गणतन्त्र तिम्रालागि हामीले बलिदान दिएका हौं’ शीर्षकको देशभक्त गीत थियो, जसले राजनीतिक परिवर्तनका लागि भएको संघर्ष र जनताको योगदानको स्मरण गरायो। गीतको सशक्त शब्द र भावनात्मक संगीतले हलमा उपस्थित दर्शकहरूलाई गम्भीर बनायो।

त्यसैगरी, सामनाका कलाकारहरूले प्रस्तुत गरेको टप्पा नाचले देशको सांस्कृतिक विविधता र परम्परागत पहिचानलाई उजागर गर्‍यो। जनवादी सन्देशसहितको नृत्यले मनोरञ्जन मात्र होइन, सामाजिक चेतना फैलाउने उद्देश्य पनि पूरा गरेको थियो।

कार्यक्रममा माइला लामा, मणि थापा, रमण श्रेष्ठ, महेश सी र आरोह समूहले देश, जनताको संघर्ष र समतामूलक समाजको आवश्यकता झल्काउने विभिन्न गीत, कविता र सांगीतिक प्रस्तुति दिएका थिए।

सामाजिक रूपान्तरणका लागि संस्कृति एक प्रभावकारी माध्यम भएको भन्दै आयोजकले देशभर समाजवादकाे लागि जनतालाई जागरुक गराउदै समाजवादकेालजागरण गराउन ठूला शहरमा समेत यस्तो अभियान चलाएकाे अभियान काे संयोजक महेश सी आराेहले  बताएका छन्।

प्रकाशित मिति : २०८२ वैशाख २२ गते सोमबार