२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

प्रेम विवाहको रिसमा रिटायर्ड प्रहरीद्वारा छोरीको हत्या, ज्वाइँ गम्भीर घाइते



 

भारत
जलगाँव, महाराष्ट्र – महाराष्ट्रको जलगाँव जिल्लास्थित चोपडा शहरमा एक हृदयविदारक घटना घटेको छ। प्रेम विवाह गरेको भन्दै आक्रोशित भएका एक रिटायर्ड प्रहरी अधिकारीले आफ्नी २५ वर्षीया छोरी तृप्ति अविनाश वाघको गोली हानी हत्या गरेका छन् भने उनका २६ वर्षीय श्रीमान् अविनाश ईश्वर वाघ गम्भीर घाइते भएका छन्।

घटना चोपडा शहरको अम्बेडकर नगरमा आयोजित एक हल्दी कार्यक्रममा भएको हो। तृप्तिका बुबा, जो सेवानिवृत्त प्रहरी अधिकारी हुन्, छोरीले प्रेम विवाह गरेकोमा अत्यन्तै क्रोधित थिए। शनिबार, जब तृप्ति र उनका पति पुणेबाट कार्यक्रममा सहभागी हुन आएका थिए, तब रिसले आगो भएका बुवाले अचानक लाइसेन्स प्राप्त आफ्नो पेस्तोल निकालेर उनीहरूमाथि  गोली प्रहार गर्न सुरु गरेका थिय ।

गोली लागेर तृप्तिको घटनास्थलमै मृत्यु भएको छ भने अविनाशको ढाड र हातमा गम्भीर चोट लागेको छ। कार्यक्रममा उपस्थित अन्य मानिसहरूले तत्काल नियन्त्रणमा लिएर   पेस्तोल खोसे र उनलाई कुटपिट गरी घाइते बनाए।

मृतक तृप्ति मुम्बईको दहानुकर कॉलोनी, कोथरुडकी निवासी थिइन्। उनका पति अविनाश जलगाँवमा शनिबार आयोजित हल्दी कार्यक्रममा सहभागी हुन आएका थिए।

घटनापछि चोपडा सिटी प्रहरी स्टेशनमा दुवै पक्षविरुद्ध मुद्दा दर्ता गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। प्रेम विवाहलाई लिएर परिवारमा यस्तो दर्दनाक घटना भएको खबरले सम्पूर्ण क्षेत्र स्तब्ध भएको छ।

प्रकाशित मिति : २०८२ जेठ २९ गते बिहीबार