अशाेक कु शाही
२०८२ भदाै १४
चीन।
प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिन सहर पुगेका छन्।
उनी आजै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थियानजिन पुगेका हुन्। हिमालय एयरलाइन्सको विमानमार्फत स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई चीन सरकारका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
त्यस अवसरमा नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली र चीनका लागि नेपालका राजदूत चेन सोङ लगायतका व्यक्तिहरूको पनि उपस्थिति थियो। प्रधानमन्त्री ओलीको यो भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्न महत्त्वपूर्ण मानिएको छ।
यस शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले क्षेत्रीय सहयोग र द्विपक्षीय हितका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। उनी सम्मेलनका क्रममा अन्य देशका प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।










प्रतिक्रिया दिनुहोस्