२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

वीरेन्द्रनगरमा पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



 

वीरेन्द्रनगर, असार २८

वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा आज धारापानी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चनाबारिमा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुका लागि निःशुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ।

विशेष गरी वीरेन्द्रनगर वडा नम्बर १ का ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरुलाई लक्षित गरि स्वास्थ्य शिविर सुरु गरिएकाेलथियाे ।

वडा नम्बर १ का अध्यक्ष श्री दिनेश खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख मोहनमाया ढ्काल प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा उपप्रमुख निलकण्ठ खनाल विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा वडा नम्बर १ का धेरै महिलाहरुको उपस्थिति रहेको थियो र उनीहरुले स्वास्थ्य परीक्षण गराएका थिए।


यस शिविरको आयोजनाले स्थानीय महिलाहरुलाई आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिन र आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको नगर प्रमुख ढकाले बताउनु भएकाे थियोे ।
नगरपालिकाले नागरिकहरुको स्वास्थ्यकाे ख्याल गर्दै समय समयमा यस्ताै शिविरहरु बेलाबखतमा संचालन गर्दै आएकाे छ ।
साे शिविरमा १०५ जना महिलाले स्वास्थ्य परिक्षण गरियको इन्चार्ज योगेन्द्र बमले बताउनु भएकाे थियाे ।

 

प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार