< Skip to content
२०८१ मंसिर २० बिहीबार
२०८१ मंसिर २० बिहीबार

नेकपालाई आईटम सीले गरे १ हजार वर्गमिटर जग्गा हस्तान्तरण

१५ मंसिर, कालिकोट 

नेपाल कम्युनिष्ट पार्टी कालिकोटलाई माओवादी आन्दोलनका पुराना पाका नेता तथा नेकपाका सल्लाहकार समिति सदस्य आईटम सीले आफ्नो नाममा रहेको १ हजार वर्गमिटर जग्गा हस्तान्तरण गर्नु भएको छ ।

शान्नित्रिवेणी गाउँपालिको मुम्रा स्थित लातामा रहेको पुर्जावाला जग्गा नेता आईटम सीेले शुक्रवार एक कार्यक्रमका बीच जिल्ला पार्टीलाई हस्तान्तरण गर्नु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी देशभर उत्पादन अभियानमा लागेको र देशलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेकाले पार्टीको नाममा हुने गरी जग्गा निशुल्क हस्तान्तरण गरिएको नेता आईटम सीले बताउनु भएको छ ।
नेता आईटम सीले विगत जनयुद्धकालमा जनमुक्ति सेनाको हात हतियार बनाउने,मर्मत गर्ने लगायतको प्राविधिक विभागमा रहेर महत्वपूर्ण योगदान गर्नु भएको थियो ।
उहाँ अहिले पनि माओवादी कम्युनिष्ट आन्दोलनको लागि एउटा प्रेरणाको पात्र बन्दै पार्टीलाई आफ्नो निजी जग्गा हस्तान्तरण गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला इन्चार्ज विवेक सी र जिल्ला सेक्रेटरी बलवान सीको उपस्थितिमा जग्गा हस्तान्तरण गरिएको छ ।
हाललाई जग्गा दिएको घरायसी काज गरिएको र केही समयमा पार्टीको इन्चार्ज सेक्रेटरीको नाममा रजिष्टे«शन पास गरिदिने नेता आईम सीले बताउनु भएको छ ।
सो अवसरमा नेकपाका जिल्ला इन्चार्ज विवेक र सेक्रेटरी बलवान सीले पार्टीलाई निशुल्क जग्गा हस्तान्तरण गरेकोमा पुराना नेता तथा सल्लाहकार आईटम सीलाई विशेष धन्यावाद दिएका छन । पार्टीलाई हस्तान्तरण गरिएको जग्गामा जिल्ला पार्टीले ओखर तथा स्याउ खेति गर्ने इन्चार्ज विवेक सीले जानकारी दिनु भयो ।
जग्गा हस्तान्तरण कार्यक्रमा जिल्ला ईन्चार्ज, सेक्रेटरीका साथै जिल्ला पार्टी सल्लाहकार सदस्य निर्माण सी,महाबै गाउँपालिका इन्चार्ज बिषम सी, सहिद जमिनको बुवा सुनामे लुवार लगायतको आतिथ्यता रहेको थियो ।
मुम्रा गाउँकमिटि सेक्रेटेरी सुबाश सीको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।