२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

रास्काेट नगरपालिका द्वारा विजया दशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



 

रास्कोट, कालिकोट ।

नेपालीहरूको महान चाड बडा दशैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम रास्कोट नगरपालिकाले आयोजना गरेको छ।

२०८२ साल असोज १० गते सम्पन्न भएको यस कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत प्रशासनिक प्रमुखको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर प्रमुख धर्मराज शाही र उप-प्रमुख मनिराज बरालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूसँगै प्रशासकीय प्रमुख जवान सिंह बमले पनि नगरवासी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना आदानप्रदान कार्यक्रमले आपसी भाइचारा र सद्भावलाई थप मजबुत बनाउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।
नगरपालिकाले चाडपर्वको अवसरमा सबैलाई एक जुट भएर खुसी साट्न आग्रह गर्दै पर्वहरूको गरिमा कायम राख्न सबै नगरवासिमा अनुरोध गर्नु भएकाे छ ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार