काठमाडौं । रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४:३० बजे गएको भूकम्पको धक्का रुकुम पूर्वसँगै आसपासका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो।
स्थानीयका अनुसार रुकुम पूर्व, रोल्पा, दाङ, अर्घाखाँची लगायतका जिल्लामा केहीबेरसम्म भूकम्पको कम्पन महसुस भएको थियो। भूकम्पपछि सर्वसाधारण केही समय घरबाहिर निस्किएका थिए।
हालसम्म भूकम्पका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्ने र सम्भावित क्षतिको मूल्याङ्कन गर्ने कार्य जारी राखेका छन्।
भूकम्पपछि नागरिकलाई अफवाहमा नलागी आधिकारिक निकायबाट आउने सूचनामात्र विश्वास गर्न तथा आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।










प्रतिक्रिया दिनुहोस्