२०८३ वैशाख २४ , बिहीबार
ताजा अपडेट:

मोतीराम माविमा कक्षा ५ का विद्यार्थीलाई ICT सम्बन्धी व्यवहारिक शिक्षण



 

कालिकोट

कालिकोट जिल्लाकाे रास्काेट नगरपालिका वडा नम्बर २ मा रहेकाे माेतिराम माध्यम विद्यालय, सिपखानामा कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरिएको छ।
विद्यार्थीहरूलाई कम्प्युटरको प्रयोगमार्फत व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कक्षाको विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा अन्य शिक्षकहरूले प्रत्यक्ष निरीक्षण गरेका छन्।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, प्रयोगात्मक अभ्यास तथा प्रविधिको सदुपयोगबारे सिकाइ गराइएको थियो। प्रविधिमैत्री शिक्षण विधिबाट विद्यार्थीहरूको सिकाइ क्षमतालाई अझ प्रभावकारी, जीवनोपयोगी र गुणस्तरीय बनाउने विद्यालयको उद्देश्य रहेको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा सम्पूर्ण सरोकारवालाको सहकार्यमा विद्यालयलाई आधुनिक शिक्षातर्फ अग्रसर गरिँदै आएको र आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।

विद्यालयले ICT शिक्षालाई प्राथमिकतामा राख्दै व्यवहारिक र प्रविधिमा आधारित सिकाइ वातावरण सिर्जना गर्न थालेकोमा अभिभावक तथा स्थानीय सरोकारवालाहरूले समेत सकारात्मक प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार