अशाेक कुमार शाही
स्वाभिमान खबर, असार २९
कालिकोट, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ मा पानि घट्ट पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर दुःखद मृत्यु भएको छ।
स्थानीयका अनुसार गाउँपालिकाको वडा नं. ६ स्थित पोरिवन ( माथिल्लो काभ्रे खोला) क्षेत्रमा रहेको पानीघट्ट मा अन्न पिस्न गएका बेला अचानक माथिबाट पहिरो खसेपछि दुई जना पुरिएका थिए। घटनालगत्तै स्थानीयवासी, प्रहरी तथा जनप्रतिनिधि उद्धारमा खटिए पनि उनीहरूलाई जीवित उद्धार गर्न सकिएन।
मृत्यु हुनेमा लाल सावद र सोही वडाका मन्दिर सावद रहेको स्थानीय स्रोतले जनाएको छ। घटनापछि गाउँमा शोकको वातावरण छ भने मृतकका परिवारजन आफन्त र स्थानीयवासी स्तब्ध बनेका छन्।
लगातारको वर्षासँगै पहिरोको जोखिम बढिरहेका बेला घटेको यस घटनाले स्थानीयमा त्रास थपिएको छ। जिल्ला प्रशासन तथा सम्बन्धित निकायले पहिरोको उच्च जोखिम भएका क्षेत्र, भीरपाखा र खोल्सानजिक अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार










प्रतिक्रिया दिनुहोस्