काठमाडौं।
दश दिन भित्र वर्तमान अन्तरिम सरकारलाई भंग गरी सर्वपक्षीय सरकार गठन नगरिए सडक संघर्ष गर्ने नेपाल कम्युनिष्ट पार्टी माओवादीको चेतावनी
नेपाल कम्युनिष्ट पार्टी माओवादीले दश दिन भित्र वर्तमान अन्तरिम सरकारलाई भंग गरी सर्वपक्षीय सरकार गठन नगरिए सडक संघर्ष गर्ने चेतावनी दिएको छ।
नेकपा माओवादीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड सी सहितको टोलीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापन पत्र पेश गर्दै यस्तो चेतावनी दिनु भएको हो ।
नेकपा माओवादीले ज्ञापन पत्रमा जेन जी विद्रोहको भावना अनुरुप विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संसोधन गर्न माग गरेको छ।
नेकपा माओवादिले भाद्र २३-३४ गते भएका गोली काण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नु पर्ने, असन्तुष्ट, वर्ग, जाति, लिङ्ग, समुदाय, र युवा लगायतका माग हरुलाई समेटेर संविधानको पुनर्लेखन गर्नु पर्ने , नयाँ संविधान अनुरुप राज्यको पुनरसंरचना गर्नु पर्ने, अग्राधिकार सहितको समाजवादी संघीय ढाँचामा गरिनुपर्ने र कार्यकारी प्रमुखको छनोट प्रत्यक्ष निर्वाचन बाट गरिनु पर्ने अडान राखेको छ।
नेकपा माओवादीले उच्चस्तरीय भूमि आयोग बनाएर छानबिन गर्नु पर्ने, वास्तविक सुकुम्बासीलाई बाँसको सुनिश्चितता हुने गरी जमीन उपलब्ध गराउनु पर्ने , भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्नु पर्ने , भ्रष्टाचार माथिको मुद्धा हेर्ने शक्तिशाली न्यायलय गठन गर्नु पर्ने, उक्त न्यायलयको फैसलाको अन्तिम फैसला हुनुपर्ने व्यवस्था गर्न पनि माग गरेको छ।
साथै राज्यको सम्पति हिनामिना गर्ने भ्रष्टाचारीको सम्पति राष्ट्रियकरण गरी जन्मकैद गर्नु पर्ने र गैर कानुनी रूपले आर्जन गरेको कालो धनलाई राज्यको मातहत ल्याउन ५ सय र १ हजार का नोटलाई खारेज गरेर नयाँ नोट प्रचलनमा ल्याउन ज्ञापन पत्रमा नेकपा माओवादीले माग गरेको छ ।
पार्टीले अस्थिर राजनीतिक परिस्थितिमा देशको स्वाधीनता र सार्वभौमिकता माथि भइरहेको साम्राज्यवादी हस्तक्षेप रोकी घुस पैठियाहरुलाई कडा कारबाही गरिनु पर्ने र नेपाली मौलिक जन संस्कृत माथि भइरहेको साम्राज्यवादी सांस्कृतिक हस्तक्षेप बन्द गरिनु पर्ने सरकार समक्ष माग गरेको छ ।
अन्तमा नेकपाले दश दिन भित्र सरकारले सम्बोधन नगरे सडक संघर्षमा जाने चेतावनी दिएको छ।













प्रतिक्रिया दिनुहोस्