कालिकोट
जिल्लाको पचाल झरना गाउँर्लिकाका वडा २ धमाली खयरकोटका अध्यक्ष करबीरे कामीले एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।स्थानीय मान बहादुर खड्कालाई ४०हजार नगद सहयोग गर्ने निर्णय गरेको अध्यक्ष कामीले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
वडा अध्यक्ष कामी उक्त वडामा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।उनको यो दोस्रो कार्यकाल हो।
क्यान्सर पीडित खड्का तत्कालीन जनमुक्ति सेनाका कमान्डर हुन् ।लडाइको क्रममा लागेको गोलिको कारण उनलाई क्यान्सरको समस्या देखिएको हो।