< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

एक कराेड पाँच लाख बराबरकाे अवैध सुन चाँदी सहित ४ जना मानिस पक्राउ

बाँके
२०८१/०५/१०

नेपालगंज उप-महानगरपालिका वडा नं. ११ बी.पी. चोक आसपासमा अवैध ‘सुन चाँदीको कारोबार हुँदै छ भन्ने गाेप्य विशेष सुचनाको आधारमा बाँके प्रहरि कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला बर्दिया राजापुर न.पा. ८ बस्ने वर्ष ४० को नेपाली थारुले चलाएको प्रदेश ०३०१- ०२४ च ६७६३ नं. को कारमा सवार रहेका जिल्ला बर्दिया राजापुर न.पा. ४ बस्ने वर्ष ४२ को निम प्रकाश सुनारको साथबाट सुन जस्तो देखिने ६७ ग्राम तौल रहेको धातुको टुक्राहरु र जिल्ला बाँके नेपालगंज उप- महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २१ को राहुल सोनारको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम तौल रहेको पायलहरु तथा तार समेत बरामद गरि निजहरुलाई सवारी साधन सहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा जिल्ला बाँके नेपालगंज उप महानगरपालिका वडा नं. २ स्थित रहेको महेश मुराउले संचालन गरेको पशुपती सुन चाँदी रिफाईन कारखानामा तलासी गर्ने क्रममा उक्त कारखानाबाट अवैध सुन जस्तो देखिने ३४० ग्राम तौल रहेको धातु र चाँदी जस्तो देखिने १० के.जी. ४४१ ग्राम तौल रहेको धातु र उक्त कारखानामा रहेका जिल्ला बाँके राप्तीसोनारी गा.पा. ४ बस्ने वर्ष २४ को ओम जड्ग चौधरीलाई नियन्त्रणमा लिई दुबै स्थानबाट बरामद भएका सुन चाँदी, सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको बाँके प्रहरिले फेसबुक मार्फत जानकारि दिएकाे छ ।
सुन ४०७ ग्राम, चाँदी १० के.जी. ६१३ ग्राम र सवारी साधन सहित जम्मा मुल्य रु. १,०५,३३,४४७।– (एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस बराबरकाे सुन चाँदी तथा सवारि साधन सहित चारजनालाई प्रहिले पक्राउ गरेकाे सूचना अधिकारी एवं प्रवक्ता (नारायण डाँगी)ले बताएका छन ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।