कालिकोट असार ८ गते
प्रतिमा शाही
सान्नी त्रिवेणी गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न भएको छ।
बैठकको मुख्य उद्देश्य गाउँपालिकामा रहेको कुपोषणको समस्यालाई सम्बोधन गर्नु हो। बहुक्षेत्रीय पोषण योजना अन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी योजना तय गरिएको छ।
विशेषगरी वडा नम्बर ५ लाई कुपोषणमुक्त बनाउने लक्ष्य राखिएको छ। यस वडामा सुत्केरी महिला र कुपोषित बालबालिकाको संख्या अधिक रहेकाले यहाँ विशेष कार्यक्रम संचालन गरिने भएको छ।
बहुक्षेत्रीय पोषण सहजकर्ता सुस्मीता शाहीले जानकारी दिए अनुसार, कुपोषणबाट प्रभावित गर्भवती महिला, गरीब तथा कुपोषित बालबालिकालाई आर्थिक सहयोग प्रदान गरिनेछ। पालिकाले यसअघि पनि कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार










प्रतिक्रिया दिनुहोस्