कालिकोट, असार ६ गते ।
जिल्लाकाे महाबै गाउँपालिका वडा नं. ३ मा कर्णाली जल परियोजना र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण हुने मेहेले खानेपानी योजनाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
यो योजना सम्पन्न भएपछि वडा नं. ३ का स्थानीय बासिन्दालाई स्वच्छ खानेपानीको सहज पहुँच हुने अपेक्षा गरिएको छ। कर्णाली जल परियोजनाले यस क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गाउँपालिकाले लिएको छ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा कर्णाली जल परियोजनाका प्रतिनिधि लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्षले सिंहले खानेपानी योजना समयमै सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए।
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्