कैलाली
भारतबाट फर्किएका सुदूरपश्चिमका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुर, अछाम र कैलालीका दुई पुरुष र एक महिलालाई गौरीफान्टा नाकामा गरिएको परीक्षणमा कोरोना देखिएको हो।
उनीहरूलाई होम आइसोलेसनमा राखिएको छ भने सङ्क्रमणको भेरियन्ट पत्ता लगाउन नमूना काठमाडौं पठाइएको छ।
भारतमा काेभिड सङ्क्रमण बढीरहेकाे बेला
सतर्कता अपनाउनुकाे साथै तयारी अवस्थामा रहन निर्देशन दिए पनि सुदूरपश्चिममा कोभिड सङ्क्रमण भए नभएको पत्ता लगाउने किटको अभाव रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताएका छन ।
प्रकाशित मिति : २०८२ जेठ २१ गते बुधबार










प्रतिक्रिया दिनुहोस्