एक जना कुख्यात अपराधि समाउन हिडेकाे प्रहरीलाई स्थानीयले बनाए बन्धक गुगल म्यापले दियाे धाेका
स्थानीयले बनाए बन्धक बनाय गुगल म्यापले दियाे धाेका

भारत
जाना था जापान पँहुच गया चिन भन्ने उख्खान असम प्रहरीलाई गुगल म्यापले लागू गरिदिएकाे छ ।
असममा छापा मार्न हिँडेकाे भारती प्रहरीकाे एक टाेली गुगल म्यापले देखाएकाे बाटाे हिँड्दा नागाल्याण्ड पुगेका छन ।
एक कुख्यात अपराधी लुकी छिपि रहेकाे भन्ने सुचनाकाे आधारमा छापा मार्न हिँडेकाे १६जना सदस्य रहेकाे असम प्रहरी मंगलबार राति नागाल्याण्डकाे माेकाेकचुङ्ग जिल्ला पुगे उक्त प्रहरी टाेलिले बताएकाे छ ।
आधुन हतियार र भारतीय प्रहरीको पाेसाकमा देखे पछि खतराकाे संकेत मान्दै स्थानीयले प्रहरीको टोलीलाई नियन्त्रणमा लिएर बन्धक बनाएको बताइएकाे छ ।
नागाल्याण्डमा प्रहरीलाई स्थानीयले बन्दक बनाएकाे सुचना पाए पछि भारतीय प्रहरिका वरिष्ठ अधिकारीले
मोकोकचुङ्ग जिल्ला प्रहरीका अधिकारीसँग सम्पर्क गरी घटनाबारे जानकारी दिए पछि जिल्ला बाट प्रहरी टाेली खटाई उक्त घटनास्थलमा पुगेर स्थानीयले कब्जा गरेका प्रहरीलाई उद्धार गरिएकाे थियाे ।
केही प्रहरीको पाेसाकमा रहेका र केही साधारण पाेसाकमा रहेकाे समूह एक एक गाउँ छिरे पछि स्थानीयवासीले आक्रमण गरी नियन्त्रणमा लिएको भारतिय प्रहरीको भनाइ रहेकाे छ ।