२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

एमालेको व्यथा र चीलको कथा” परिवर्तन हुने कि विलय हुने?



अशाेक शाही
काठमाडौं ।
विष्णु रिजालले सामाजिक सञ्जाल फेरबुक  मार्फत पार्टीको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै  (एमाले) ले गम्भीर आत्ममूल्यांकन गर्दै सुधार र परिवर्तनको बाटो रोज्नुपर्ने बताएका छन्।

रिजालले “एमालेको व्यथा र चीलको कथा” शीर्षकमा लेख प्रकाशित गर्दै हालै सम्पन्न निर्वाचनपछि एमालेले आफ्ना कमजोरी, विकृति तथा असान्दर्भिक अभ्यासहरूलाई त्याग्दै नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

उनले चीलको जीवनचक्रको उदाहरण दिँदै करिब ४० वर्षपछि चीलको चुच्चो बांगो हुने, नङ कमजोर हुने र पखेटा भारी हुने अवस्था आउने उल्लेख गरेका छन्। यस्तो अवस्थामा चीलसँग दुई विकल्प हुन्छ—बिस्तारै कमजोर हुँदै अन्त्यमा मृत्यु  स्वीकार गर्ने वा कठोर पीडा सहेर आफूलाई परिवर्तन गर्ने चिलकाे उदाहरण दिदै आफ्नाे फेसबुकमार्फत यस्तो स्टाटस लेखेका छन ।

रिजालका अनुसार परिवर्तनको बाटो रोजेपछि चील पहाडको टुप्पोमा पुगेर पुरानो चुच्चो चट्टानमा रगडेर फाल्ने, नङहरू हटाउने र भारी भएका पखेटा झार्ने कठिन प्रक्रियाबाट गुज्रिन्छ। केही समयपछि नयाँ चुच्चो, नयाँ नङ र नयाँ पखेटा पलाएपछि चील फेरि शक्तिशाली बन्छ र आकाशमा उड्न थाल्छ।

उनले अहिले एमाले पनि यस्तै मोडमा पुगेको उल्लेख गर्दै पार्टीभित्र देखिएका कमि कमजोरी, विकृति र असान्दर्भिक विषयहरूलाई त्यागेर कठोर आत्मसुधारको बाटो रोज्नुपर्ने समय आएको संकेत गरेका छन्।

रिजालले सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो ठाउँबाट सुधार र परिवर्तनका लागि योगदान गरेर एमालेले पनि चीलले जस्तै नयाँ शक्ति, ऊर्जा र विश्वासका साथ पुन एक दिन  उडान भर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार