अशाेक शाही
२०८३-०३असार २२
ललितपुर ।
सार्वजनिक स्थलमा एक महिलासामु आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा ५५ वर्षीय शिक्षा अधिकृत सुरेन्द्र भट्ट पक्राउपक्राउ परेका छन।
प्रहरीका अनुसार पक्राउ पर्ने स्थायी घर बैतडीको पाटन नगरपालिका–७ भएका सुरेन्द्र भट्ट रहेकाे र उनी हाल ललितपुर महानगरपालिका–२, इमाडोलमा बसोबास गर्दै आएकाे जानकारि प्रहरीले जनाएकाे छ ।
घटना ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलस्थित सार्वजनिक स्थलमा भएको बताइएको हाे ।
पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले भट्टलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानबाट उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।
हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी सार्वजनिक शिष्टाचारविरुद्धको कसुर तथा घटनासम्बन्धी अन्य पक्षमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्