२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापनार्थ दिवस दीप प्रज्वलन, नागरिकमा उत्साह



अशाेक
कालिकोट —
कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनार्थ दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

दीप प्रज्वलन कार्यक्रममा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही, नगर उप–प्रमुख मनि बरालसहित स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख धर्मराज शाहीले रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि रास्कोट नगरपालिका, पलाता गाउँपालिका, सान्नित्रिवेणी गाउँपालिका तथा पचालझरना गाउँपालिकाका नागरिकहरू प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो।
उहाँका अनुसार अब सेवाग्राहीले प्रशासनिक सेवा लिन दुई दिनसम्मको पैदल यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ भने समय र खर्च दुवैको बचत हुने छ।

नगर प्रमुख शाहीले इलाका प्रशासन कार्यालय स्थापना भएसँगै रास्कोटवासीमा उत्साह छाएको र जनताले राज्यको सेवा नजिकैबाट पाउने विश्वास बढेको उल्लेख गर्नु गर्नुभएकाे छ।

स्थानीयवासीहरूले पनि लामो समयदेखिको माग पूरा भएको भन्दै खुशी व्यक्त गरेका छन्। उनीहरूका अनुसार नागरिकता, सिफारिस, प्रमाणी करण लगायतका प्रशासनिक सेवाका लागि टाढा धाउनुपर्ने समस्या अब अन्त्य भएकाे महसुस गरेका छन ।

इलाका प्रशासन कार्यालय स्थापनार्थ दिवसको अवसरमा गरिएको दीप प्रज्वलन कार्यक्रमले स्थानीय तहमा सुशासन, सेवा प्रवाह र नागरिकमैत्री प्रशासनप्रति थप आशा जगाएको नगर प्रमुख शाहीले महसुस गर्नु भएकाे छ ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार