२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

बैतडीमा यात्रुवाहक बस दुर्घटना थप विवरण आउन बाँकी



बैतडी ।

१९ असार २०८३

बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी र स्थानीयवासी उद्धारकार्यमा खटिएका छन्। दुर्घटनामा कति यात्रु घाइते भए भन्नेबारे यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार