२०८३ जेठ २८ , बिहीबार
ताजा अपडेट:

सान्नी त्रिवेणीमा दर्दनाक घटना: शाहीको हत्या, अनुसन्धान सुरु



 

कालिकोट, जेठ२८
– सान्नी त्रिवेणी गाउँपालिका अन्तर्गत मुम्राको डाँसकाटिया क्षेत्रमा एक व्यक्तिको हत्या भएको घटनाले स्थानीय क्षेत्र शोकाकुल बनेको छ।

प्राप्त जानकारी अनुसार सान्नी त्रिवेणी गाउँपालिकाका सुरेन्द्र बहादुर शाहीको अज्ञात समूहले ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको बताइएको छ। शाही परिवारसहित उक्त स्थानमा लामो समयदेखि बसोबास गर्दै आएका थिए।

मृतक शाहीका श्रीमती र दुई छोरा रहेका छन्। घटनापछि परिवार तथा स्थानीयवासी स्तब्ध बनेका छन्।

स्थानीय अमर बहादुर शाहीका अनुसार घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान तथा छानबिन सुरु गरेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ।

हत्या किन र कसरी भयो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार