कालिकोट
सुत्केरी हुन नसक्दा घुमिसरा बुढा शाहीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
कालीकोट नरहरिनाथ गाउँपालिका-७, गुब्लागडा मालकोटकी ३० वर्षीया घुमिसरालाई दोस्रो सन्तान जन्माउने क्रममा अत्यधिक रक्तश्राप हुन थालेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
स्वास्थ्य चौकी मालकोटका इन्चार्ज अमर बहादुर बटालाले सुत्केरीको अवस्था जटिल हुँदै गएपछि थप उपचारका लागि रिफर गरिएको बताए।
प्रकाशित मिति : २०८२ वैशाख ८ गते सोमबार










प्रतिक्रिया दिनुहोस्