२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

सुर्खेतमा १२औँ नेकपा (माओवादी) पार्टी पुनर्गठन दिवस र २५ औं जनमुक्ति सेना दिवस मनाइयो 



मंसिर ९
सुर्खेत –

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सुर्खेतले १२औँ पार्टी पुनर्गठन दिवस र २५ औं जनमुक्ति सेना दिवस मनाएको छ । पार्टी कार्यालय मा भएको कार्यक्रममा नेता कार्यकर्ताले शुभकामना आदानप्रदान गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेकपा (माओवादी) ले अघि सारेको विचार, राजनीतिक अभियान तथा वर्ग–संघर्षको ऐतिहासिक महत्वलाई उजागर गरे। उनीहरूले १२ वर्षअघि गरिएको पार्टी पुनर्गठनलाई संगठनको वैचारिक स्पष्टता, क्रान्तिकारी अनुशासन र राजनीतिक दिशानिर्देशनको ठूलो मोडका रूपमा व्याख्या गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि एटम सीले २५ वर्षअघि स्थापना गरिएको जनमुक्ति सेनाले देशमा राजनीतिक परिवर्तन, जनअधिकारको विस्तार र सामाजिक न्यायका लागि महत्वपूर्ण योगदान पुर्‍याएको बताए। अहिले पार्टीले जनमुक्ति सेनाका शहीदहरूको योगदान, अपाङ्ग तथा घाइते योद्धाहरूको त्याग र इतिहासलाई सम्मान गर्दै कार्यक्रम अघि बढाइएको पार्टीले जनाएको छ।
जनमुक्ति सेना स्थापना दिवसको स्मरण गर्दै जनयुद्धमा सहभागी जनमुक्ति सेनाका कमाण्डर पार्टी केन्द्रीय सदस्य अडिग सीले जनमुक्ति सेनाले निर्माण गरेको जुनि कम्युन को बारेमा त्यो समयमा जनदिशा पत्रिकाले प्रकाशन गरेको जनमुक्ति सेना विसर्जन बारेमा आफ्नो लेखलाई स्मरण गरे।
पार्टी नेतृत्वले अबको चरणमा वर्गीय संघर्ष, वैज्ञानिक समाजवाद र सामाजिक परिवर्तनका अभियानलाई अझ संगठित ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ।

मिति २०८२ साल मंसिर ९ गते आयोजित कार्यक्रमको अध्यक्षता नेकपा (माओवादी) सुर्खेत जिल्ला सचिव जित सीले गरेका थिए भने स्वागत मन्तव्य विद्यार्थी संगठन अखिल (समाजवादी)का केन्द्रिय सचिव कर्णाली प्रदेश कपिल ले राखेका थिए।
पार्टीले यस दिवसलाई आगामी राजनीतिक कार्ययोजनाको समीक्षा र नयाँ रणनीति निर्माणका अवसरका रूपमा उपयोग गरिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार