२०८३ भदौ २१ , आइतबार
ताजा अपडेट:

कोहलपुरमा जुवा खेल्दै रास्वपा वडा सभापतिसहित ५ जना पक्राउ, खालबाट भेटियो २ लाखभन्दा बढी रकम



   कोहलपुर।

बाँकेको कोहलपुरमा जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा सभापतिसहित पाँच जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई कोहलपुर नगरपालिका–१३ स्थित खड्कवारबाट शुक्रबार राति नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ का कुलबहादुर ओली, कोहलपुर–१२ का धनबहादुर परियार, चन्द्रबहादुर बस्याल, बेलबहादुर डाँगी तथा कोहलपुर–५ का राम गुरुङ रहेका छन्।

प्रहरीले उनीहरूबाट जुवा खेल्न प्रयोग गरिएको खालबाट २ लाख २ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि पुनले उनीहरू पक्राउ परेको पुष्टि गरेका हुन्।

रास्वपाका एक जिल्ला नेताका अनुसार पक्राउ परेका कुलबहादुर ओली बैजनाथ गाउँपालिका–४ का रास्वपा वडा समितिका सभापति हुन्।

शुक्रबार राति पक्राउ परेका उनीहरूलाई आइतबार अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार